logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

याैन दुर्वव्यहारमा मुछिएका पराजुली नेकपा एसकाे बने सचिव


  • राजनीति
  • बिहिबार, भाद्र २८ २०८०

याैन हिंसा झल्काउने घटनामा संलग्न विवादास्पद छविका पुर्व कृषि मन्त्री हरि पराजुली नेकपा एसकाे सचिवमा मनाेनित भएका छन ।
कृषि मन्त्री हुदा चितवनमा धान दिवसमा महिलासँग दुर्ब्यवहार गरेको उनेले चाैतर्फी आलोचना भएपछि राजिनामा दिएका थिए । कृषिमन्त्री रहदा उनै हरिप्रसाद पराजुली भ्रष्टाचार काण्डमा मुछिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री पराजुलीले दुग्ध विकाश संस्थानको खर्चमा छोरलाई अष्ट्रेलिया पठाएको र संस्थाको पैसा आफ्नो खातामा राखेको पाहिएपछि उनीबाट रकम असुलेको दावी गरेको थियाे ।

समाजवादीले आज पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनीत गरेको हाे । हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिवमा मनोनीत गरेको पार्टीका उपाध्यक्ष हमालले जानकारी दिए।

उनका अनुसार पराजुली वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन्।

बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। यही भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार उहाँहरूलाई केन्द्रीय सदस्य मनोनीत गरिएको हमालको भनाइ थियो।

नेकपा एकीकृत समाजवादीले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ। केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

त्यस्तै, नेता झलनाथ खनाल विदेश विभाग प्रमुखका रूपमा रहेका छन् भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएका छन्। पार्टीका प्रतिष्ठानअन्तर्गत इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाएको उपाध्यक्ष हमालले जानकारी दिए।

केन्द्रीय सदस्यमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दीपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मीना लामा, रामप्रसाद ढुंगाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय मनोनीत भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार