logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सकियाे मन्त्रिपरिषद बैठक, हेर्नुस् निर्णय के के भए


  • राजनीति
  • शुक्रबार, भाद्र २९ २०८०

न्युयोर्क जानू अघि आज अपराह्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदकाे बैठक बाेलाएकाे बैठक सकिएकाे छ ।सरकारले हरेक वर्ष संविधान दिवसका दिन बाँड्दै आएको पदक, विभूषण र अलंकार यस पटक नबाँड्ने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो।

मन्त्रिपरिषद्ले सरकारद्वारा संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकहरुबारे बारम्बार प्रश्न उठेपछि यस्तो निर्णय लिएको हो।

सरकारले यसअघि मनलाग्दी बाँड्दै आएका पदकलाई कतिपयले अस्वीकार गर्दै आएका थिए। राष्ट्रका लागि योगदान गरेका व्यक्तिलाई दिनुपर्ने पदक पहुँचवालाका आसेपासेसम्म पुग्न थालेपछि यसको महत्व पनि घट्दै गएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार