logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

देउसी समुह बिच झडप ९ घाइते


  • राजनीति
  • शुक्रबार, कार्तिक २३ २०७५

बाँके, जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ ।

झडपमा नौ जना घाइते भएका छन् ।

गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

घटनामा संलग्न १० युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्किएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार