logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

शिक्षककाे आन्दोलनलाई लक्षित गर्दै बालेनले लेखे महाकविकाे कविता


  • राजनीति
  • बिहिबार, असोज ४ २०८०

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शिक्षकहरुको आन्दोलनका क्रममा सडकछेउमा रोपिएका बोटबिरुवा र दूबो मासिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

मेयर शाहले बिहीबार साँझ सामाजिक सञ्जालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता पोष्ट गर्दै आफ्नो असन्तुष्टि पोखेका हुन्।

उनले फेसबुकमा लेखेका छन्,
‘नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फूल नानी हो
दया र धर्म भाग्दछ
–महाकवि लक्ष्मीप्रसाद देवकोटा’

सरकारले संसद्‌मा दर्ता गरेको प्रस्तावित शिक्षा विधेयकविरुद्ध शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुको विरोध प्रदर्शनका क्रममा माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा बोटबिरुवा, दुबो सखाप भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार