logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

चिनियाँ राष्ट्रपति सीको दिवा भोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी


  • राजनीति
  • शनिबार, असोज ६ २०८०

१९ औँ एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन चीनको चच्याङ प्रान्तको हाङचौँ सहरमा पुगेका विशिष्ट अतिथिहरूलाई दिवा भोज दिएर चीनमा स्वागत गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको भोजमा नेपालबाट शनिवार बिहान चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी भएका छन् ।

खेलकुद प्रतियोगितामा विशिष्ट अतिथिहरू कम्बोडियाका राजा नारोदोम सिहामोनी, सिरियाली राष्ट्रपति बसर अल असद, उनकी श्रीमती अस्मा, कुवेतका युवराज मिशल अहमद अल जबाएर, अल सवाह, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुसमाउ, दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सु, मलेसिया तल्लो सदनका सभामुख जोहरी विन अब्दुल र उहाँका श्रीमती नोलेनी, ओलम्पिक काउन्सिल अफ एसियाका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंह, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाह, ब्रुनाई सुल्तानका प्रतिनिधि राजकुमार सोफी, जोडर्नका राजकुमार फैजल, थाइल्याण्डका राजकुमारी सिरिवन्नावरी महिदोल लगायतका राजपरिवारको अन्य प्रतिनिधि सहभागी रहेको बेइजिङस्थित चाइना रेडियो इन्टरनेशनलका जनाएको छ ।

सो स्वागत दिवा भोजमा राष्ट्रपति सीले चीन सरकार र चिनियाँ जनताका तर्फबाट सम्बोधन गर्दै १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा माग लिन आएका पाहुनालाई स्वागत गर्दै सीले भने, ‘हामी एसिया ओलम्पिक काउन्सिल र विभिन्न देश र क्षेत्रका प्रतिनिधिमण्डलहरूसँग मिलेर चिनियाँ विशेषता एसियाली शैली र भव्यताको सहितको खेल प्रतिगोयतामा विश्वसामु प्रस्तुत गर्न चाहन्छौँ । प्रतियोगिताले एसियाली तथा ओलम्पिक आन्दोलनको विकासमा नयाँ योगदान दिने अपेक्षा गरेका छौँ ।

प्रतिगोयतामा एसियामा रहेका ४८ देशमध्ये ४५ देशका खेलाडीहरू सहभागी रहेका छन् । नेपालले २९ खेलमा २ सय ५३ जना खेलाडी लिएर एसियाली खेलकुदमा सहभागी भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार