logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओलीलाई इंगित गर्दै नेपालले भने हाम्रो अनुहार हेर्न नचाहानेसंग पार्टी एकता हुदैन


  • राजनीति
  • शनिबार, असोज ६ २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले नै अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

शनिवार काठमाडौंमा समाजवादी पेशागत कानून व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउनका लागि बिचार मिल्नेहरूको समाजवादी मोर्चा बनाए पनि अहिले नै अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताएका हुन् ।

आफ्नो पार्टीको अस्तित्व स्वीकार नगर्ने र अनुहार नै देख्न नचाहने प्रवृत्तिसँग एकताको गीत गाएर हिँड्नुको कुनै अर्थ नरहेको भन्दै उनले नेकपा एकीकृत समाजवादीलाई दृढताका साथ अघि बढाउने जिकिर गरे ।

उनले एमालेभित्र आत्मसमर्पण र दासता स्वीकार्य नभएकै कारण आफूहरूले विद्रोह गर्नुपरेको पनि बताए । अध्यक्ष नेपालले गठबन्धन सरकारबाट बाहिरिने कुरा पार्टीलाई सिद्धाउने कुरा मात्रै रहेको र कांग्रेसलाई बिच्काएर मुलुक निर्माणको सिंगो अभियानलाई धराशायी बनाउने दिशातर्फ जान नसकिने स्पष्ट पारे ।

उनले राजनीतिक व्यवस्थाको परिवर्तनसँगै जनताको अवस्थामा परिवर्तन ल्याउन नसके राजनीतिक परिवर्तनको कुनै अर्थ नरहने धारणा राखे ।

त्यस्तै अध्यक्ष नेपालले जनताको हक अधिकार संविधानको पानामा मात्रै लेखेर नहुने भन्दै त्यसमा रहेका विषयलाई कार्यान्वयन गर्नु चुनौती रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार