logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ जनसेनाको गार्ड अफ अनर


  • राजनीति
  • सोमबार, असोज ८ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चीनले ‘गार्ड अफ अनर’प्रदान गरेको छ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चिनियाँ जनमुक्ति सेनाले तोपको सलामीसहित गार्ड अफ अनर प्रदान गरेको हो।

उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङ पनि सहभागी थिए। उक्त कार्यक्रमपश्चात नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरु भएको छ। प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल र चिनियाँ प्रधानमन्त्री लीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलबीच छलफल भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार