राजनीति
बाबर अजामको कप्तानीमा पाकिस्तानी क्रिकेट टिम एकदिवसीय विश्वकपमा सहभागिताका लागि भारत आइपुगेको छ। पाकिस्तानी टिमलाई स्वागत गर्न हैदराबादको राजीव गान्धी अन्तराष्ट्रिय विमानस्थलमा क्रिकेट समर्थक, सुरक्षाकर्मी र बिसिसिआईका प्रतिनिधिहरू पुगेका थिए। पाकिस्तानी टिम दुबई हुँदै भारत उत्रिएको हो।
भारतीय टिम ७ वर्षपछि भारतीय भूमिमा क्रिकेट खेल्न आएको हो। यसअघि २०१६ मा टी-२० विश्वकप खेल्नका लागि पाकिस्तानी टिम भारतमा आएको थियो। भारत भने पाकिस्तान जाने गरेको छैन।
एकदिवसीया एसिया कप भारतकै कारण पाकिस्तानबाट श्रींलकामा अधिकांस खेल सारिएको थियो। यद्यपि पाकिस्तानले भने एकदिवसीय विश्वकपका लागि भारतको यात्रा तय गरेको हो।
विश्वकपको सुरुवात ५ अक्टोबरबाट हुँदैछ। विश्वकपको उद्घाटन खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको खेलबाट हुने छ।
पाकिस्तानले आफ्नो विश्वकपको सुरुवात ६ अक्टोबरमा नेदरल्यान्ड्ससँगको खेलबाट गर्ने छ, जहाँ दोस्रो खेलमा हैदराबादमा श्रीलंकासँग पाकिस्तानले प्रतिस्पर्धा गर्ने छ।
पाकिस्तानको टिमले विश्वकप अघिको अभ्यास खेलमा शुक्रबार
न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो अभ्यास खेल ३ अक्टोबरमा अस्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको छ। १४ अक्टोबरमा भारत र पाकिस्तानबीच बहुप्रतीक्षित खेल हुने कार्यतालिका रहेको छ। उक्त खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने छ।
२०१२-१३ पछि भएको छैन द्विपक्षीय सिरिज
पाकिस्तान र भारतबीच एकदिवसीय र टी-२० द्विपक्षीय सिरिज भएको छैन। पछिल्लो पटक २०१२-१३ मा पाकिस्तानले भारतसँग खेलेको थियो। त्यसपछि द्विपक्षीय सिरिज यी दुई राष्ट्रबीच भएको छैन। २५ डिसेम्बर २०१२ देखि ६ जनवरी २०१३ मा यी दुई राष्ट्रबीच तीन एकदिवसीय र २ टी-२० खेल भएको थियो। त्यसपछि यी दुई देशबीच आइसिसी र एसिसी इभेन्टमा मात्र प्रतिस्पर्धा हुने गरेको छ।
४६ दिन चल्ने विश्वकपमा ४८ खेल
भारतमा अक्टोबर-नोभेम्बरमा सुरु हुन लागेको एकदिवसीय विश्वकप ४६ दिनसम्म चल्ने छ, जसमा ४८ खेल हुने छ। १२ नोभेम्बरसम्म लिग चरणका ४५ खेल हुने छन्। १५ र १६ नोभेम्बरमा २ सेमिफाइनल हुँदा १९ नोभेम्बरमा अहमदाबादमा फाइनल खेल हुने छ।