logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

शिक्षा मन्त्री राई, सांसद राणा र चाैधरीकाे लगानीका स्कुलमा क्रान्तिकारीकाे ताला


  • राजनीति
  • शुक्रबार, असोज १२ २०८०

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले मन्त्री, सांसद, जनप्रतिनिधि र सरकारी प्राध्यापकले लगानी गरेका विद्यालयको प्रिन्सिपलको कार्यालय र लेखा शाखामा तालाबन्दी गरेको छ।

संसदमा दर्ता भएको शिक्षा विधेयक खारेजीको माग गर्दै आन्दोलन गरिरहेको अनेरास्ववियु क्रान्तिकारीले सोमबार मन्त्री, सांसद, जनप्रतिनिधिलगायतको लगानी रहेका तीन वटा विद्यालयमा तालाबन्दी गरेको हो।

त्यसक्रममा शिक्षामन्त्री अशोक राईको लगानी रहेको काठमाडौँको स्वप्नबाटिका स्कुल, सांसदहरू विनाेद चाैधरी र आरजु राणा देउवाकाे लगानीमा रहेकाे युलेन्स स्कुल र क्याम्पियन स्कुलको प्रन्सिपल र लेखा शाखामा पनि ताला लगाएको क्रान्तिकारीले ताला लगाएकाे छ ।

अखिल क्रान्तिकारीले संसद्‌मा दर्ता भएको प्रस्तावित शिक्षा विधेयक खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्दै आएको छ। प्रस्तावित शिक्षा विधेयक राष्ट्रको हितविपरीत रहेको उक्त विद्यार्थी संगठनको भनाइ छ। राज्य शिक्षाको दायित्वबाट पन्छिन खोजेको उसको आरोप छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार