logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

चिनबाट फर्के लगत्तै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता


  • राजनीति
  • आइतबार, असोज १४ २०८०

चिनबाट फर्केको भाेलीपल्ट बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । अमेरिका र चीन भ्रमणबाट फर्किएको भोलिपल्टै प्रचण्डले बोलाएपछि ओलीसहितका नेता बालुवाटार पुगेका हुन् ।

ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल र महेश बर्तौला पनि प्रधानमन्त्री निवास पुगेका छन् । छलफलको ठोस विषय नखुलाइए पनि प्रधानमन्त्रीनिकट स्रोतले समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बतायो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमतिबाट सरकार पछि हटेको भन्दै एमालेले आजको सदन अवरुद्ध पार्ने संकेत गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार