logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सन्दिपले गरे एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट पूरा


  • राजनीति
  • आइतबार, असोज १४ २०८०

नेपालका सन्दीप लामिछानेले टी-२० र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट पूरा गरेका छन्। १९ औँ एसियाली खेलकुद-एसियाडअन्तर्गत आइतबार मालदिभ्सविरुद्ध एक विकेट लिएपछि सन्दीपको २ सय विकेट पुरा भएको हो।

सन्दीपले टी-२० अन्तर्राष्ट्रिय खेलमा ४६ खेल खेल्दै ८८ विकेट लिएका छन्। यस्तै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५१ खेल खेल्नेक्रममा एक सय १२ विकेट हात पारेका छन्। यी दुवै फर्म्याटमा सन्दीप नेपालका लागि सर्वाधिक विकेट लिने बलर हुन्।

सन्दीपले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ पटक कम्तिमा चार विकेट र ३ पटक कम्तिमा ५ विकेट लिएका छन् भने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक कम्तिमा ५ विकेट र दुईपटक कम्तिमा ४ विकेट हात पारेका छन्।

सन्दीपले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। यस्तै सोही वर्ष वेस्ट इन्डिजविरुद्ध खेल्दै उनले टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।

सन्दीप एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा सय विकेट पुरा गर्ने विश्व कीर्तिमानी बलर पनि हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार