राजनीति
नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा तोडफोड भएको छ । दुई पक्षबिच बिवाद चर्किएपछि स्थिति झडपमा बदलिएको हाे । सुर्खेतस्थित सिटी हलमा जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

एमाले कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई पार्टीले कारबाही गरेको भन्दै मतगणनास्थलमा प्रदेश नदिएपछि शाही पक्षधर तोडफोडमा उत्रेका हुन् । तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् ।
अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि शाही पक्षधरले सिटीहमा तोडफोडमा गरेका छन् । तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् ।

सत्य शाही अनाधिकृत व्यक्ति रहेको र जवरजस्त मतगणना स्थलमा घुस्न खाजेपछि प्रहरीले नियन्त्रमा लिएर छोडेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।
‘विद्यार्थी नेता सत्य शाही अनाधिकृत व्यक्ति मतगणनास्थलमा घुस्न खोजेपछि सामान्य विवाद भएको थियो । उनलाई हामीले नियन्त्रणमा लिई सम्झाइ बुझाइ गरेर छोडेका छौं,’ डीएसपी शाहीले भने मतदानमा ६०९ मत खसेकोमा गणना गर्दा ६०५ मात्रै भेटिएपछि अनेरास्ववियुका नेता शाहीले बिरोध गरेका थिए ।

घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरिएको छ । सुरक्षाव्यवस्था कडा पारिएको र मतगणना जारी रहेको डीएसपी शाहीले बताए ।