logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डमाथी खनिए बाबुराम, माओवादीकाे पत्र अमान्य हुने


  • राजनीति
  • बुधबार, असोज १७ २०८०

पार्टी एकताकाे लागि भन्दै केही समय अघि नेसपालाइ पठाएको पत्रले बाबुराम भट्टराई काे दलमा भुकम्प ल्याईदिएमाे छ । नेपाल समाजवादी पार्टी(नेसपा) को बाबुराम भट्टराई समूहले पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्रलाई अपरिपक्वताको पराकाष्ठा भएको प्रतिक्रिया दिएको छ । सोमबार र मंगलबार बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले उक्त पत्राचारलाई मान्यता नदिई घोर भर्त्सना गरेको अध्यक्ष डा. बाबुराम समूहका एक नेताले बताए ।

‘माओवादीको पत्रलाई पार्टीले मान्यता दिएको छैन । बैठकले घोर भर्त्सना गरेको छ । त्यो कुनै पत्राचारै होइन । पत्राचार अपरिपक्वताको पराकाष्ठा हो’, भट्टराईका स्वकीय सचिव भन्छन

यस्तै उपाध्यक्ष दुर्गा सोबले पार्टी एकता सम्बन्धमा माओवादीले पठाएको पत्रको निन्दा गर्दै विचार, नीति, सिद्धान्त मिल्नेसँग राजनीति छलफल गर्न पार्टी खुला रहेको बताइन् । कार्यकारिणी बैठकमा माओवादीसँग पार्टी एकता गर्नेसम्बन्धमा दुई दिनसम्म गम्भीर छलफल भएको जानकारी दिइन् । उनले केन्द्रीय समिति बैठक बोलाउने गरी बुधबार पदाधिकारी बैठक बोलाएको जानकारी दिइन् ।

‘छलफल टुङ्गिएको छैन । पदाधिकारी बैठकले टुङ्गो लगाउँछ । केन्द्रीय समिति बैठक बोलाउने, त्यसले पार्टी एकता र विधान महाधिवेशनको मिति तय गर्ने निर्णय भएको छ’, उपाध्यक्ष सोबले भनिन् ।

माओवादीले भदौ ३० गते पठाएको पत्रले नेसपाभित्र अन्तर्विरोध उत्पन्न भएको छ । सोही विषयमा निर्णय लिन पदाधिकारी बैठक १२ बजे बस्न लागेको सोबले बताइन् ।

माओवादीले नेता महिन्द्रराय यादवलाई सम्बोधन गरेर केहीअघि पत्राचार गरेको थियो । सो पत्रलाई रायसहितका नेताहरूले भने सकारात्मक रुपमा लिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार