logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विश्वकप क्रिकेटमा न्यूजिल्याण्डको शानदार विजयी सुरुवात, स्तब्ध इंग्ल्याण्ड


  • राजनीति
  • शुक्रबार, असोज १९ २०८०

भारतमा जारी क्रिकेट विश्वकपमा डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डमाथि ९ विकेटको शानदार जित हात पार्दै न्यूजिल्याण्डले विश्वकप क्रिकेटमा सुखद सुरुवात गरेको छ ।

चार वर्षअघि भएको फाइनलमा न्यूजिल्याण्डलाई हराएर इंग्ल्याण्ड विश्व च्याम्पियन बनेको थियो । तर उपाधि रक्षाको यात्रामा सुरुमै न्यूजिल्याण्डले झड्का दिएको छ ।

बिहीबार हदमदाबादमा इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य न्यूजिल्याण्डले ३६.२ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो ।

मात्र १० रन जोड्दा विल योङलाई गुमाएको न्यूजिल्याण्डका लागि रचिल रवीन्द्र र डेवोन कोनवेले शानदार पारी खेले । अविजित २७१ रनको साझेदारी गर्ने क्रममा दुबैले शतक बनाए कोनवे १५२ र रवीन्द्र १२३ रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो । उसका लागि जोए रुटले सर्वाधिक ७७ रन बनाए ।

न्यूजिल्याण्डका म्याट हेनरीले ३ तथा मिशेल सेन्टनर र ग्लेन फिलिप्सले समान २–२ विकेट लिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार