राजनीति
Smoke billows from a residential building following an Israeli airstrike in Gaza City on October 7, 2023. - Barrages of rockets were fired at Israel from the Gaza Strip at dawn as militants from the blockaded Palestinian enclave infiltrated Israel, with at least one person killed, the army and medics said. (Photo by MOHAMMED ABED / AFP)
प्यालेस्टाइनको विद्रोही समूह हमासले नियन्त्रणमा लिएको एउटा इजरायली बङ्करभित्र ‘बन्धक’ बनेका नेपालीले आफूहरू उद्धारको पर्खाइमा रहेको बताएका छन्।
नीतिबोद भन्ने ठाउँमा रहेको किबुज वस्तीमा सुरक्षाका लागि बनाइएका बङ्करहरू पनि हमासले नियन्त्रणमा लिएको छ। यही बङ्करमा कम्तीमा १४ नेपाली बन्धक छन् ।
इजरायलमा शनिबार बिहानै रकेट आक्रमण गरेपछि हमासका हजारौ लडाकु जमिनको बाटो हुँदै इजराली भूमिमा पनि छिरेका थिए।
उनीहरूले अन्धाधुन्ध गोली चलाउँदै वस्ती र बङ्कर नियन्त्रणमा लिएको त्यहाँका प्रत्यक्षदर्शीले जनाएका छन्।
परराष्ट्रका मन्त्रालयका पदाधिकारीहरूले पनि बङ्करभित्र रहेका नेपालीहरूसँग सम्पर्क गरेका थिए। उनीहरूसँग सम्पर्क गराइदिएका अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपकप्रसाद वलीका अनुसार अहिलेसम्म ४ जना नेपाली सम्पर्कमा आइसकेका छैनन्।
शनिबार बिहान प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायली भूमिमा रकेट आक्रमण गरेको थियो। सुरक्षा साइरन बजेपछि बङ्करमा छिरेका स्थानीयसँगै त्यहाँ नेपाली पनि थिए।
उनीहरू कृषि तालिमका लागि त्यहाँ पुगेका थिए। शनिबार बिहान हमासले इजरायलतर्फ हजारौँ रकेट आक्रमण गरेको थियो। आक्रमणपछि सुरक्षाका लागि बङ्करमा छिरेका समूहमाथि बन्दुकधारीले आक्रमण गरेका थिए।
गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष गणेश गिरिका अनुसार हमासले नियन्त्रणमा लिएको एउटा बङ्करभित्रका केही नेपाली सम्पर्कमा आएका थिए। तीमध्ये कम्तीमा ९ जना घाइते भएका छन्।
उनीहरूको अवस्था गम्भिर रहेको हुनसक्ने उनले बताए। इन्टरनेट चल्ने बङ्करमा रहेका नेपालीले बाहिर रहेका नेपाली समुदायका अगुवाहरूसँग केहीबेर भिडियो सम्पर्क पनि गरेका थिए।
त्यो भिडियो दृश्यमा रगत लतपत भएका धेरै नेपाली देखिएका थिए। विद्रोहीले बाहिर घेरिरहेका कारण कोही पनि बाहिर निस्किन पाइरहेका छैनन्। धेरैजसो बङ्करहरूमा इन्टरनेट चल्दैन।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपकप्रसाद वलीले जानकारी दिएका छन्। उनीहरू त्यहाँस्थित फायर वेस्टर्न युनिर्भसिटीमा कृषि विषय अध्ययन गर्न गएका थिए। यो विश्वविद्यालयमा करिब १७ जना नेपाली छन्। उनीहरू कृषि पढ्दै-कमाउँदै कार्यक्रमअन्तर्गत गएका हुन्। उनीहरू धेरैजसो सुदूरपश्चिम प्रदेशका हुन्।
नेपालीहरूका बारेमा तेल अवस्थित नेपाली दूतावासले आधिकारिक जानकारी दिएको छैन। तर उसले नेपालीलाई सम्पर्कमा आउन अपील भने गरेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै दूतावासले नेपाली समुदायलाई स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्न र आफू पनि सुरक्षित रहन अपिल गरेको छ।