राजनीति
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समाजवादी माेर्चाे छाेड्ने चेतावनी दिएका छन् ।
समाजवादी पार्टीले थालेको मेची महाकाली अभियानको क्रममा नवलपरासी काे एक कार्यक्रममा बाेल्दै महासचिव भुसालले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको बताएका छन् ।
दाहाललाई बुझाएको पत्र अनुसार सरकारले काम नगरे समाजवादी माेर्चा छाेड्ने चेतावनी दिएका हुन् । समाजवाद स्थापना, समृद्धी, सुशासन, राेजगारी लगायतका पक्षमा काम गर्न प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको भन्दै भुसालले भने भने अनुसार काम नगरि अलग तरिकाले जान खाेजे समाजवादी माेर्चाकाे विकल्प दिन्छाै ।
उनले समाजवाद स्थापनाका लागि अर्को माेर्चा बनाउने बताएका छन् । एमालेसहितकाे नयाँ माेर्चाकाे लागि बाताबरण बनिरहेकाे दावी गरेका छन ।