राजनीति
नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका अर्का प्रभावशाली नेता राम कार्कीमाथी गंभिरआराेप लगाएका छन् । शनिबार राजधानीमा आयाेजित राम कार्किद्धारा लिखित पुस्तक विकल्प विमोचन कार्यक्रममा वक्ता अतिथि वक्ता प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्कीलाई स्वच्छन्दवादी र अराजकतावादीको संज्ञा दिए । ‘सबै सकारात्मक आलोचनात्मक चेतना र स्वतन्त्रताका पक्षमा उहाँ (कार्की)ले उठाइराखेको आवाजको बीचमा उहाँभित्र फेरि अलिअलि स्वच्छन्दतावाद, अलिअलि अराजकतावाद छ,’ प्रचण्डले भने, ‘उहाँको जीवनशैलीमा, उहाँको सोच्ने शैलीमा केही न केही स्वच्छन्दतावाद र अराजकतावादको अवशेष उहाँभित्र छ ।
उनले सुरुमै भने, ‘विषय अलि ठूलो पर्यो । टिप्पणी, चर्चा, बहस गर्न सजिलो छैन । झलकजीले टिप्पणी गर्दै गर्दा पनि मलाई कतिपय सन्दर्भमा उहाँले बडो गम्भीर कुरा भन्न बल गरेको जस्तो पनि, कतिपय बेला आफ्नै कुण्ठा व्यक्त गरेको हो कि भन्या जस्तो पनि महसुस भयो ।’
उनले अगाडि भने, ‘झलक सुवेदीले भनेजस्तो सबै वर्ग छाडेर पूरा दक्षिणपन्थी दलाल पुँजीपतिको सेवा गरेका हुनाले प्रधानमन्त्री ! यसको व्याख्या तपाईंहरूले सोच्नुभएको छ ? के हो यसको विश्लेषण, के कारणले यस्तो भइराख्या छ नेपालमा ? संकट अहिले भर्खरै जन्म्या हो कि यो संकटको जरा अलि परैसम्म छ ? यसको बारेमा पनि गम्भीर चिन्तन जरुरी छ, यसको बारेमा एउटा नयाँ संश्लेषण जरुरी छ । माक्र्सवादले हामीलाई केही आधारभूत, वैज्ञानिक मान्यताहरू दिएको छ, तर माक्र्सवादले हामीलाई सबै सूत्रहरू दिएको छैन, जसलाई रटेपछि दायाँ नभईकन क्रान्ति फटाफट अगाडि बढ्छ ।’
यस्तै प्रचण्डले प्रश्न गरे, ‘म त झन्डै ३५ वर्ष हुन लागिसक्यो, छाड्छुभन्दा पनि सुख छैन । तपाईंहरू भन्न सक्नुहुन्छ – प्रचण्डले अब छाडिदिनुपर्छ, फलानो आउनुपर्छ ! तपाईंहरूले भनिदिनुभयो भने म खुसी हुन्छु, तर परिस्थिति त्यस्तो हुँदैन ।’
कार्यक्रममा बिश्लेषक झलक सुवेदी लगाएका वक्ताहरूले नेता कार्कीको नयाँ पुस्तक विकल्पबारे धारणाहरु राखेका थिए ।
स्मरण रहाेस नेता राम कार्कीले माओवादीकाे आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेकाे दस्तावेज बिरुद्ध फरक दस्तावेज पेश गरेका थिए । कार्की आन्दोलन मात्र नभइ नेपाल काे कम्युनिस्ट आन्दोलनका बाैद्धिक लेखक तथा आलोचक नेता हुन् । उनले यश अघि धेरै पुस्तकहरु प्रकाशन गरिसकेका छन्।