logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

हमासकाे धम्की : यहुदीहरुले प्यालेस्टाइनको भूमि छाडेनन् भने अल्लाहले खनेको चिहान तयार


  • राजनीति
  • आइतबार, असोज २१ २०८०

हसाम लडाकुहरुले शनिबार बिहानै इजरायलमाथि अचानक हमला गरेर सयौंको ज्यान लिइसकेको प्यालेस्टिाइनी लडाकु समूह हमासले आफ्नो भूमि छाडेर इजरायललाई बाहिर लैजान मध्यस्थकर्तालाई आग्रह गरेको छ ।

हमासका प्रवक्ता हुसाम बद्रानले मिडियाहरुसँग कुरा गर्दै यसपटकको लडाइ विगतका धेरै युद्दभन्दा फरक रहेको भन्दै यो लडाइ जितेरै छाड्ने तयारीका साथ भएको बताएका छन् ।

उनका अनुसार यो निकै सोचविचार र तयारीका साथ गरिएको आक्रमण हो । उनले अरव मध्यस्थकर्ताहरुलाई आफूहरुको माग बमोजिम इजरायलले प्यालेस्टाइनीहरुको कब्जा गरेको जमिन छाडेर हिँड्ने सन्देश सुनाउन समेत आग्रह गरेका छन् । उनले इस्लामको पवित्र भूमि छाडेर यहुदीहरु हिँडेनन् भने अल्लाहको चिहान तयार रहेको बताएका छन् ।

शनिवार हमासले अचानक हमला गरेपछि इजरायल युद्धमा छ । सयौं मान्छेको ज्यान गइसकेको छ भने हजारौं घाइते छन् । इजरायली सैनिकसहित गैरसैनिक नागरिक र नेपालीलगायत विभिन्न देशका आप्रवासी कामदार समेत हमासको कब्जामा छन् ।

हालसम्म हमासको पक्षमा इरान,भेनेजुयला,उत्तर कोरियालगायका देशमात्र उभिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार