logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बानेश्वरमा नेपाल प्रहरी र सशस्त्रबीच लफडा


  • राजनीति
  • मंगलबार, असोज २३ २०८०

सोमबार नयाँ बानेश्वरस्थित होटल एभरेष्ट अगाडि स्थानीय तहका कर्मचारी र प्रहरीबीच घम्साघम्सी भयो ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री बताउँछन् । त्यसक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कर्मचारीमाथि लाठी चार्ज गर्यो । प्रहरी केही संयमित देखियो भने सशस्त्र प्रहरीले कर्मचारीमाथि निर्मम देखिइरहेको थियो ।

त्यहीबीच नगर प्रहरीका डीएसपी रोशन खड्काले प्रहरीलाई लाठी नहान्न निर्देशन दिइरहेका थिए । उनको निर्देशन सशस्त्र प्रहरीका अधिकारीले टेरेनन् । त्यसपछि सशस्त्र प्रहरीका अधिकारीको उनले कठालो समाते । विवाद हुने देखिएपछि अन्य अधिकारीहरुले छुट्ट्याए ।
डीएसपी खड्का त्यतिमा रोकिएनन्, उनले प्रहरीका आफ्नै कर्मचारीलाई पनि थर्काउँदै लाठी नहान्न निर्देशन दिए ।

संघीय निजामती सेवा विधेयकमा आफूहरुको माग समेटिदिन भन्दै उनीहरु १५ असोजदेखि आन्दोलनरत् छन् । उनीहरुको प्रदर्शन मंगलबार पनि जारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार