logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दिउँसै काठमाडौंकाे बाैद्धमा गाेली चल्याे


  • राजनीति
  • बिहिबार, असोज २५ २०८०

प्रहरीले हतियारसहित लुटपाट गर्न आउने एक जनामाथि गोली चलाएको छ। बिहीबार दिउँसो बौद्धको जगडोलमा हतियारसहित लुटपाट गर्न आउनेमाथि प्रहरीले गोली प्रहार गरेको हो। प्रहरी स्रोतका अनुसार उनको खुट्टामा गोली लागेको छ।

पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न प्रयास गरेपछि उनीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली उनलाई पक्राउ गर्न बौद्ध पुगेको थियो। उनको नाम खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार