राजनीति
क्रिकेटर सन्दिप लामिछानेले यथास्थितिमा क्रिकेट नखेल्ने घाेपणा गरेका छन् । आजराती सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस राख्दै लेखेका छन् “भारी हृदयका साथ, मैले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको छु। म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ र परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद। अर्काे भेट नभए सम्म”
उनले आगामी कुनैपनि खेलमा आफू आफू नखेल्ने बताएका हुन् । आफ्नो जीवन निकै कठिन र चुनाैतिपुर्ण समयबाछ बितिरहेकाे भन्दै याे अप्ठ्यारोमा रहेर खेल खेल्न नसक्ने बताएका छन् ।
आजै जिल्ला अदालत काठमाडौले पेसि स्थगित गरेकाे थियाे । क्रिकेटर लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको थियाे ।
जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दिप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटको सबै मुद्दा स्थगित भएको बताए । उनले भने, ‘सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरु आइपुग्नुभएको छैन । गोला तान्ने क्रममा त्यो फाँटको सबै मुद्दा स्थगित भएको हो ।’
पटकपटक मुद्दा स्थगित हुदा मानसिक तनाव बढेकाे भन्दै उनले केही दिन अघि क्यान अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्कालाई मुद्दा किनारा नलागेसम्म खेल खेल्न नसक्ने बताएका थिए उनले बरु आफू जेल जान तयार भएको भन्दै छिटो मुद्दा फैसला हाेस भन्ने चाहेकाे बताएका थिए ।
बालिका बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।