राजनीति
Smoke billows from a residential building following an Israeli airstrike in Gaza City on October 7, 2023. - Barrages of rockets were fired at Israel from the Gaza Strip at dawn as militants from the blockaded Palestinian enclave infiltrated Israel, with at least one person killed, the army and medics said. (Photo by MOHAMMED ABED / AFP)
युद्धग्रस्त क्षेत्र इजरायल बाट स्वदेश फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् । तेल अबिबस्थित नेपाली दूतावासले थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको छ ।
इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।
अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ । बाँकी रहेका सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु भएको छ ।
शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ । इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।
घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैराखेको छ । थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ ।
सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि जोजी कार्य तीव्र पारिएको र मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ । विपिनलाई हमासले बन्धक बनाएको उनका साथीहरूले बताएका छन् ।