logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रधानमन्त्री प्रचण्डलाई अखिल क्रान्तिकारीकाे कालाे झण्डा


  • राजनीति
  • सोमबार, असोज २९ २०८०

माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी ले कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले कालो झण्डा देखाएको छ ।

लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा पार्टीले कालो झण्डा देखाएको हो ।

व्याख्यात्मक टिप्पणीको नाममा राष्टघाती सम्झौता एमसीसी सम्झौता पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको पार्टीले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले धनगढीमा हुने समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार