logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाकिस्तान हराउने विवादास्पद निर्णयसंगै डिआरएसमाथी गम्भीर प्रश्न


  • राजनीति
  • आइतबार, कार्तिक १२ २०८०

शुक्रबार भारतकाे चेनाइ स्थित क्रिकेट मैदानमा सम्पन्न विवादास्पद खेलसंगै एक दिवसीय क्रिकेटबाट पाकिस्तान लगभग बाहिरिएको छ । दुई दिनअघि दक्षिण अफ्रिकाविरुद्धको म्याचमा एक विकेटको पराजय पाकिस्तानका लागि बज्रपातसरह बन्यो ।

दक्षिण अफ्रिकालाई हराएको भए पाकिस्तानको सम्भावना जीवित रहने थियो । म्याचमा जीतका लागि पाकिस्तानले हरसम्भव प्रयास गरेको हो । २६१ रनको मामुली लक्ष्य जोगाउन पाकिस्तानी बलरहरुले ज्यानै दिएर खेलेका थिए । तर, अम्पायर दाहिना नहुँदा पाकिस्तानले नमीठो हार चाख्नुपर्‍यो ।

यदि ४५.६ ओभरमा अम्पायरले ताब्रियाज साम्सीलाई आउट दिएको भए पाकिस्तान विजयी बन्ने थियो, किनकी दक्षिण अफ्रीकाको यो अन्तिम विकेट थियो । । ह्यारिस रफले फ्याकेको बललाई फ्लीक गर्न खोज्दा साम्सीको खुट्टामा लाग्यो र पाकिस्तान बलरले कडा अपिल गरे । तर, अम्पायर मुभ भएनन् । यो स्पष्ट एलबीडब्लु आउट देखिन्थ्यो ।

पाकिस्तानले रिभ्यू लिने नै भयो । लियो । थर्ड अम्पायरले हेर्दा बल र ब्याटबीच ठूलो दूरी थियो । त्यसैले एजको सम्भावना नै भएन । त्यसपछि बल ट्रयाकिङमा हेर्दा बलले लेग स्टम्पलाई छोएर जान सक्ने देखियो ।

बल ट्र्याकिङमा यदि बलले लेग वा अफ स्टम्पपट्टि थोरैमात्र छुनसक्ने देखियो भने त्यसमा अम्पायरको निर्णयलाई नै मान्यता दिइन्छ । अर्थात्, अन फिल्ड अम्पायरले आउट दिएका छन् भने त्यो आउट हुन्छ । नट आउट दिएको भए नटआउट हुन्छ । साम्सीलाई यदि अम्पायरले आउट दिएका थिए भने रिभ्युपछि पनि उनी आउट नै हुन्थे । अम्पायरले आउट नदिनु पाकिस्तानका लागि दुर्भाग्य बन्यो ।

यो खेलपछि थुप्रै पाकिस्तानी पूर्वक्रिकेटरहरुले डीआरएसमाथि नै प्रश्न उठाएका छन् । बल ट्र्याकिङले पनि सही रिजल्ट नदिएको उनीहरुको दाबी छ ।

पूर्वपाकिस्तान विकेटकिपर ब्याट्सम्यान मोइन खानको भनाइमा त्यो स्पष्ट एलबीडब्लु थियो र अम्पायरले नै आउट दिनुपथ्र्यो । पछि डीआरएसले पनि सही मार्क नगरेको उनको भनाइ छ । उनले पाकिस्तानलाई हराउन डीआरएसमाथि नै छेडखानी गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

पूर्वपाकिस्तानी कप्तान मिसवाह उलहकले अम्पायरकै निर्णय लागू हुने भए डीआरएसको महत्व नरहने टिप्पणी गरेका छन् ।‘बलले स्टम्पमा लाग्थ्यो भन्ने भइसकेपछि फेरि अम्पायरकै निर्णय लागू हुनुको के औचित्य ?’, उनले प्रश्न गरेका छन् ।

यस्तै भारतिय पुर्व क्रिकेटर हर्वदसिंहले पनि एम्पाएरकाे गलत निर्णय नै पाकिस्तानकाे हारकाे कारण भएको बताएका छन् उन ले शुक्रबार राती टुविट् गर्दै एम्पाएर कलकाे औचित्य नभएको भन्दै याे नियम हटाउन आइसिसीलाइ सार्वजनिक अपिल गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार