logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विश्वकप क्रिकेटमा छनाेट भए १५ लाख दिने नाेबेल मेडिकल कलेजकाे घाेषणा


  • राजनीति
  • बुधबार, कार्तिक १५ २०८०

नेपालले आईसीसी टी–‍२० विश्वकपमा स्थान बनाउन सके १५ लाख रुपैयाँ पुरस्कार दिने नोबेल मेडिकल कलेजले घोषणा गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै विराटनगरस्थित कलेजले उक्त घोषणा गरेको हो । नेपाल घरेलु मैदानमा जारी छनोट प्रतियोगितामा सेमिफाइनल पुगिसकेको छ । सेमिफाइनल जित्न सके नेपाल विश्वकपका लागि छनोट हुनेछ ।

अर्ना बियर र डिस होमपछि मेडिकल कलेजले पुरस्कार घोषणा गरेको हो । नोबेल मेडिकल कलेजले जारी छनोट प्रतियोगिताको उपाधि जितेमा थप ५ लाख रुपैयाँ दिने पनि जनाएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार