logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

राेहित शर्माकाे रेकर्ड नजिक डि कक, न्युजिल्यान्ड विरुद्ध कक र डुसनकाे सतक


  • राजनीति
  • बुधबार, कार्तिक १५ २०८०

भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डि ककले भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आफ्नो चौथो शतक पूरा गरेका छन् । एउटै विश्वकपमा चार शतक हान्ने उनी दोस्रो ब्याट्सम्यान हुन् ।

एउटै विश्वकपमा सर्वाधिक शतक हान्ने कीर्तिमान भारतका रोहित शर्माको नाममा छ । सन् २०१९ का विश्वकपमा उनले ५ शतक प्रहार गरेका थिए । उनको रेकर्ड तोड्ने अवसर डि ककसँग छ । दक्षिण अफ्रिकाले समूह चरणमा दुई खेल खेल्न बाँकी छ भने सेमिफाइनलको सम्भावना पनि बलियो छ । तीन खेलमा दुई शतक निकाल्न सकेमा डि ककले रोहितलाई पछि पार्नेछन् ।

जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा डि कक पहिलो नम्बरमा छन् । ५५० भन्दा बढी रन बनाइसकेका उनी कुनै पनि विश्वकपमा सर्वाधिक रन बनाउने दक्षिण अफ्रिकन ब्याट्सम्यान पनि बनेका छन् । यसअघि दक्षिण अफ्रिकी ब्याट्सम्यानले एउटै विश्वकपमा ५०० रन बनाएका थिएनन् ।

श्रीलंका विरुद्धको पहिलो खेलमा नै १०० रन बनाएर डि ककले आफ्नो विश्वकप यात्रा सुरु गरेका थिए । लगत्तै उनले अष्ट्रेलियाविरुद्धको म्याचमा दोस्रो शतक हाने । नेदरल्यान्ड्विरुद्ध उनले २० रन मात्रै जोड्न सके ।

ईंग्ल्यान्डविरुद्ध पनि डि ककको ब्याट चलेन । केवल ४ रन बनाएर आउट भए । त्यसपछिका बंगलादेशविरुद्ध उनले विष्फोटक ब्याटिङ गर्दै १७४ रनको इनिङ खेले जुन जारी विश्वकपमा एउटै म्याचमा कुने पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो । पाँचौं म्याचमा पाकिस्तानविरुद्ध उनी २४ रनमा आउट भए । आज फेरि न्यूजिल्यान्ड विरुद्ध उनले चौथो शतक पूरा गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार