logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रामकुमारी झाक्रीका दुई तस्वीरकाे चर्चा


  • राजनीति
  • बुधबार, कार्तिक १५ २०८०

नेकपा एमालेले आज दशैतिहार छट लक्षित शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गर्याे । उक्त कार्यक्रममा एमाले बाट विभाजन भएको नेकपा एसकि नेतृ रामकुमारी झाक्री पुगिन् । अहिले नेतृ झाक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पुष्पगुच्छा दिएको फाेटाे चरणचित बनेको छ । ओलीसंग अलग भएपछि नेपालसँग योगेश भट्टराईदेखिका युवा नेताहरूको दरिलो साथ थियो नै। तर जब नयाँ पार्टी नै गठन गर्ने निर्णय भएपछि भने अधिकांश युवा नेताहरू एमालेमै फर्किए।

रामकुमारी झाँक्री अडिग रहिन्। एकीकृत समाजवादी पार्टी गठनका लागि राजनीतिक दस्ताबेज निर्माणदेखि लिएर निर्वाचन आयोगमा पार्टी दर्ताको समयसम्म उनको विशेष सक्रियता देखिएको थियो। निर्वाचन आयोगमा पार्टी दर्ता गर्न जाँदा नेपालको हात दोहोर्याएको तस्बिर त भाइरलै भयो। त्यो तस्बिरलाई नेपाली राजनीतिको पाको पुस्तालाई युवा पुस्ताले दोहोर्याएको सङ्केतकै रूपमा व्याख्या भयो।

उनी मन्त्री समेत भइन्। तर रुँदै बिदा हुनुपर्यो। पार्टीभित्र मतभेद बढ्दै गयो। पार्टी गठनको समयमा उनमा जुन उत्साह थियो त्यो बिस्तारै कम हुँदै गएको देखियो। सार्वजनिक मञ्चहरूमा खुल्ला रूपमा पार्टीको नीतिको आलोचना गर्न थालिन्।

मङ्सिर ४ को निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी हुँदै पराजित भइन्। पार्टी विभाजित हुने अन्तिम समयमा माधव नेपाल समूह छाडेर एमालेतिरै फर्किएका गोकर्ण विष्टले जिते। त्यसयता पनि उनी सार्वजनिक चर्चा र चासोमा परिनन्।

गैर आवासीय नेपाली संघको कार्यक्रममा सहभागीहरूको व्यवहारबारे तिखो आलोचना गरेको भिडियो सार्वजनिक भएपछि उनी भाइरल भइन्। पक्ष अनि विपक्ष दुवै बहसको केन्द्रमा झाँक्री परेकी उनको अर्को तस्बिर बुधवार भाइरल भइरहेको छ।

त्यो तस्बिर हो च्यासलमा एमालेले गरेको चियापान समारोहको। एकीकृत समाजवादीलाई पार्टी नै स्वीकार नगरेको एमालेले यस पटक पार्टीको रूपमा स्वीकार गर्दै त्यस दलका नेताहरूलाई समेत च्यासलमा चिया खान निम्ता दिएको थियो।

झाँक्री प्रसन्न मुद्रामा हातमा बुके बोकेर च्यासल पुगिन्। एमाले अध्यक्ष ओलीलाई फुलको बुके दिइन्। अष्टलक्ष्मी शाक्यसँग कसिलो अँगालो मारिन् अनि एमालेका अन्य नेताहरूसँग अभिवादन साटफेर गरिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार