logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

न्युजिल्यान्ड विरुद्ध साउथ अफ्रिका १९० रनकाे विशाल अन्तरले विजयी


  • राजनीति
  • बुधबार, कार्तिक १५ २०८०

भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्ड बिरुद्ध साउथ अफ्रिका १९० रनकाे विशाल अन्तरले बिजयी भएकाे छ ।

अफ्रिकन ब्याटर क्विन्टन डी कक र रासी भन डर डुसेनको शतकीय पालीको मद्दतले भारतमा जारी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डसामु ३ सय ५८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियाे । टोलीले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ५७ रन बनाएको हो ।

जवाफमा उत्रिएको न्युजिल्यान्डले ३५.३ ओभरमै अलआउट भयाे न्युजिल्यान्डका लागि सबैभन्दा फिलिप्सले ५० बलमा ६० रन पुगाए, बाकि कसैले पनि अर्थसतक बनाउन सकेनेनन् ।

साउथ अफ्रिकाका लागि सबैभन्दा धेरै महाराजले ४ यान्सनले ३ काेज्यले २ र रवदाले १ विकेट लिए ।

यसअघि डी ककले १ सय १४ रनको शानदार पाली खेलेका थिए । उनले ११६ बलमा १० चौका र ३ छक्का हिर्काए । यो विश्वकपमा उनी ५ सय रन पुरा गर्ने पहिलो खेलाडी पनि बनेका छन् । यो विश्वकपमा उनको यो चौथो शतक हो ।

त्यस्तै, डुसेनले ११८ बलमा १ सय ३३ रन बनाए । उनले ९ चौका र ५ छक्का हिर्काए । डेभिड मिल्लर आक्रामक पाली खेल्दै ३० बलमा ५३ रन बनाए । कप्तान टेम्बा बाभुमाले २४ रनको योगदान दिए । न्युजिल्याण्डका लागि टिम साउथीले २ तथा ट्रेन्ट बोल्ट र जेम्स निसमले १–१ विकेट लिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार