logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

विवेक यादवको बिस्पाेटक ब्याटिङका बाबजुद ओमानसँग ५ रनले हार्यो नेपाल


  • राजनीति
  • बिहिबार, कार्तिक १६ २०८०

किर्तिपुर मैदानमा जारी विश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा ओमानसँग ५ नेपाल रनले पराजित भयो ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन जोड्यो । अन्तिम ‌ओभरमा नेपाललाई २६ रन चाहिएको थियो ।

नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए। रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर आउट भए। आसिफ शेखले ५ रन मात्र जोड्न सके । गुल्सन झाले ३ रन बनाए ।
२० औँ ओभरमा ओमानले बिलाल खानलाई बलिङ गर्ने जिम्मा दिएको थियो । तर उनलाई विवेक यादवले सुरुका लगातार दुई बलमा छक्का प्रहार गरेका थिए ।

तेस्रो बल बिलालले वाइड फ्याँकेका थिए भने लगत्तैको बलमा विवेकले फेरी छक्का प्रहार गरेका थिए।

त्यसपछि नेपाललाई जितका लागि तीन बलमा ७ रन चाहिएको थियो। चौथो बलमा विवेक आउट भए।

पाँचौँ बलमा नेपालले एक रन मात्र जोड्न सक्यो भने छैटौँ बलमा छक्का प्रहार गर्न खोज्दा करन केसी आउट भए।

नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ । ओमान समूह विजेता बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार