राजनीति
Chinese President Xi Jinping sits with Britain's Foreign Secretary Philip Hammond (not pictured) after arriving for a four-day state visit at London's Heathrow Airport, on October 19, 2015. Photo: Reuters
चीनले भूकम्प प्रभावित क्षेत्रका लागि दस करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले दक्षिण एसिया मुलुकका लागि स्थापना गरिएको कोषबाट दस करोड बरारबरको राहत सामग्री दिने जानकारी दिएका हुन्।
राहत सामग्रीमा टेन्ड र ब्लाङ्केट रहेको र उक्त सामग्री केही दिनमै प्रभावित क्षेत्रमा पुर्याइने राजदूत सोङको भनाइ छ। उनले बाँकी राहत सामग्रीहरू केही दिनमै नेपाल आइपुग्ने जानकारीसमेत दिएका छन्।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट कम्तिमा १५७ जनाको मृत्यु भएको छ भने १९७ जना घाइते भएका छन्। मृत्यु हुनेहरू जाजरकोट र रुकुम पश्चिमका रहेका छन्।