राजनीति
सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन दिने गरेको सार्वजनिक बिदालाई सर्वोच्च अदालतले बदर गरिदिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने गठबन्धन सरकारको निर्णयलाई बदर गर्ने निर्णय सुनाएको हो।
जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध २०७९ चैतमा सर्वोच्च अदालतमा रिट परेको थियो।
सुरुमा सर्वोच्च प्रशासनको दर्ता नगर्ने निर्णय खारेज गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यो रिट दर्ता गर्न आदेश दिएको थियो।
जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्र राज आरणलगायत रिट हालेका थिए।