logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

उच्च सैनिक जनरलको शैक्षिक प्रमाणपत्रमा गोप्य उजुरीपछि बढुवा रोकियो


  • राजनीति
  • बिहिबार, कार्तिक २९ २०७५

प्रधानसेनापतिमा पूर्णचन्द्र थापाको बढुवासँगै नेपाली सेनामा रथी पदको एक दरबन्दी रिक्त रहेपनि लामो समय बढुवाका लागि रक्षा मन्त्रालयमा फाइल अघि नबढाएपछि जंगी अड्डाभित्र यो विषय निकै चर्चाको विषय बन्न पुगेको छ।

२५ भदौमा पूर्णचन्द्र थापाको महारथीमा बढुवा भएसँगै नेपाली सेनामा एक रथी पदको दरबन्दी खालि छ। प्रधानसेनापति पछिको बरियतामा रहने दुई रथीमध्ये हेमन्तराज कुँवर एक जनामात्र अहिले रथीका रुपमा कार्यरत छन्।

स्रोतका अनुसार, बरिष्ठताका आधारमा उपरथी अनुज बस्न्यात खालि रहेको रथी पदको दावेदार हुन्। उपरथी बस्न्यात हाल निरीक्षणाधिकृत विभागका प्रमुख छन्।

तर, उनको शैक्षिक योग्यताका सम्बन्धमा प्रश्न उठेपछि प्रधानसेनापति थापा उनको बढुवाको फाइल रक्षा मन्त्रालय पठाउन हिच्किचाइरहेका छन्।नेपाल् खबरले लेखेको छ।

स्रोतका अनुसार, डिप्लोमाको परीक्षा अनलाइनबाट दिएर उतीर्ण गरेका कारण उनको बढुवाको फाइल अघि नबढाइएको हो।

‘लोकसेवा आयोगले अनलाइनबाट र खुला विश्वविद्यालयबाट उतीर्ण भएको प्रमाणपत्रलाई मान्यता दिएको रहेनछ’ स्रोतले भन्यो, ‘उपरथी बस्न्यातले पनि अनलाइनबाट परीक्षा दिएर डिप्लोमा उतीर्ण गरेका रहेछन्। त्यसैले, उनको बढुवा सिफारिस नभएको हो।’

‘अघिल्ला प्रधानसेनापति राजेन्द्र क्षेत्रीझैँ बर्तमान प्रधानसेनापति थापापनि शैक्षिक प्रमाणपत्रका सम्बन्धमा कडाईका साथ प्रस्तुत हुने पक्षमा छन्’ स्रोतले भन्यो, ‘जनरल बस्न्यातको शैक्षिक प्रमाणपत्रका सम्बन्धमा पनि प्रश्न उठेपछि रथीको दरबन्दी खालि रहेको दुई महिना बितिसक्दापनि बस्न्यातको बढुवा सिफारिस नभएको हो।’

रथीमा उपरथी बस्न्यातको बढुवा हुन नसकेको खण्डमा अर्का उपरथी शेखरसिँह बस्न्यात रथी पदका दावेदार हुन्। तर, उनले पनि उमेर हदका कारण मंसीरमा अवकास पाउने भएकाले जंगी अड्डाले तत्काल अर्का सैनिक अधिकारीलाई बढुवाको सिफारिस गरेको छैन।

बस्न्यातपछिको बरियतामा उपरथी देबकुमार सुवेदी छन्, जो सैनिक इन्जिलिजेन्स हेर्ने महानिर्देशनालय (डिजिएमआई) का प्रमुख छन्। शैक्षिक प्रमाणपत्रलाई आधार बनाउँदै प्रधानसेनापति थापाले अहिलेसम्मको अडान कायम राखे उपरथी सुवेदीले रथी पदको बाजी मार्ने सम्भावना बढेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार