logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा


  • राजनीति
  • शनिबार, माघ २० २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन्।

शनिबार दिउँसो कुराकानी गर्दै उनले व्यक्तिगत कारणले राजीनामा दिएको पुष्टि गरे। ‘व्यक्तिगत कारणले राजीनामा दिएको हुँ, अन्य कुनै कारण छैन,’ चन्दले नेपालखबरसँग भने।

चन्द गत १३ वैशाखदेखि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारीमा थिए।

स्रोतका अनुसार उनी प्रदेशको कमाण्ड गरेर जान चाहन्थे। प्रदेशको कमाण्ड नपाएपछि चन्द नेतृत्वसँग असन्तुष्ट थिए।

उनी अहिलेका महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याचका अधिकृत हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार