logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सुन प्रकरण विमानस्थलका सटर सुन तस्करलाई दिन खोज्ने क्षेत्रीमाथि छानबिन गर्न निर्देशन


  • राजनीति
  • बिहिबार, कार्तिक २९ २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीविरुद्ध  कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निर्देशन दिएका छन्।

मन्त्री अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतममार्फत् यो प्रकरणको छानबिन गर्न निर्देशन दिएको  बताए।

६ वटा सटर सुन तस्कर समूहलाई भाडामा दिन प्रयास गर्ने विषय बद्नियतपूर्ण रहेको सार्वजनिक भएपछि मन्त्री अधिकारीले क्षेत्रीलाई के भएको हो भनी सोधेका थिए। मन्त्रीलाई ब्रिफिङ गर्दै उनले ‘सबै काम निमसंगत गरेको’ जवाफ फर्काएका थिए। क्षेत्रीको जवाफ चित्तबुझ्दो नभएपछि मन्त्री अधिकारीले प्राधिकरणका महानिर्देशक गौतमलाई छानबिनको जिम्मा दिएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमानस्थल सटर भाडामा दिने सूचना भदौ ३० र असोज २० गतेको नेपाल समाचारपत्र दैनिकमा प्रकाशन गरेको थियो। महाप्रबन्धक क्षेत्रीले सकेसम्म थोरै मानिसकहाँ मात्र पुग्नेगरी सो पत्रिका रोजेर योजनाबद्ध रुपमा विमानस्थलका सटर सुन तस्करका एजेन्टलाई दिन चाहेका थिए। सोही योजनाअनुसार टेन्डर सूचना प्रकाशित भएको दिन पत्रिकाको पृष्ठ गायब पारेर वितरण गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार