राजनीति
मंसिर काठमाडाैं। उपप्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव करोडाैं रकम घुस पाएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हटाउने तानाबाना बुन्न सक्रिय रहेका छन् ।
प्रतिष्ठानका सहकुलपति समेत रहेका मन्त्री यादव पूर्वउपकुलपति डा. बलभद्रप्रसाद दास र प्रतिष्ठानको भवन निर्माण र उपकरण लगायतका सामाग्री खरिद प्रक्रियामा संलग्न रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र कार्यकारिणी सदस्य गुरु खनाललाई जोगाउन वर्तमान उपकुलपति राजकुमार राैनियारलाई हटाउने खेलमा लागेको स्रोतको दावी छ ।
गाैरिबहादुर कार्कीको संयोजकत्वमा रहेको आयोगले दोषी ठहर गरेका पूर्वउपकुलपति डा. दासलाई पदमा थमाैति राख्न मन्त्री यादवले विभिन्न शक्ति केन्द्रको ढोका ढकढक्याउन थालेको स्रोतको दावी छ । प्रतिष्ठनका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा नेपालपानासंग भने, झण्डै ५ करोड रुपैयाँमा सहमति भएको छ । अबको केहि सातामै डा. दासको नियुक्ति पत्र हातमा आउनेछ । अहिले पेस्की स्वरुप मन्त्री ज्यू ले २ करोड लिइसक्नु भएको छ ।
डा. दासका दाहिने हात मानिने ती कर्मचारीले रातोपिरो हुँदै भने, प्रतिष्ठानमा उहाँ (डा.दास) कुनै पनि हालतमा आउनुहुन्छ । मधेसी मुलका वर्तमान उपकुलपति (राैनियार)ले मधेसी नेता कै निर्देशन नमानेपछि कसरी उहाँ यो पदमा रहिरहन सक्नुहुन्छ ?
दास उपकुलपति रहेकै बेला प्रतिष्ठानमा ४ सय शय्याको मातृशिशु, २ सय शय्याको कार्डियोलोजी र २ सय शय्याको क्यान्सर भवन निर्माणको काम अगाडि बढेको थियो । जसमा भवन निर्माणको क्रममा अनियमितता भएको भन्दै धानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा बनेको समितिले प्रतिवेदन बुझाए जसमा उनीहरु दोषी ठहर गरिएका छन् । यसअघि कार्कीको टोलीले उनलाई सरकारी कुनै पनि पदमा अयोग्य रहने गरि सिफारिस गरेको थियो ।
मन्त्री यादवले मधेसी मुलका उपकुलपति राैनियारसँग केहि रकम सहित आफ्ना कार्यकर्तालाई प्रतिष्ठानमा जागिर लगाइदिन निर्देसन दिएपछि राैनियारले कानुन विपरित काम कसरी गर्ने यो सकिदैन भनेर जवाफ फर्काएपछि मन्त्रीले हेर्दै जाउ देखाइदिन्छु भन्दै यस्तो बाटो अपनाएको स्रोतले जनाएको छ । – नेपाल पाना