logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

गृहमन्त्रीलाई संसदबाट गलहत्याउने काँग्रेसको चेतावनी


  • राजनीति
  • मंगलबार, जेष्ठ ८ २०८१

नेपाली काँग्रेसले महामन्त्री गगन थापामाथि लगाइएका आरोपहरु पुष्टि नभए उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदबाट गलहत्याउने चेतावनी दिएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सहमहामन्त्री बद्री पाण्डेले यस्तो धारणा राखेका हुन् ।

‘उहाँ (गृहमन्त्री) ले देशको सूचना बेच्ने एजेण्ट यही सदनमा छ भन्नुभयो, माननीय त्यो देखाउनुस् हामी गलहत्याउन तयार छौं’, उनले भने यदि होइन, ‘तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने तपाईंलाई गलहत्याउने काममा चुक्ने छैनौं ।’

पाण्डेले महामन्त्री थापामाथि लागेका आरोपहरु पुष्टि गर्न गृहमन्त्री लामिछानेलाई चुनौती दिएका छन् । काँग्रेसका जो कोही नेताको नाम किटान गरेरै टीओआर लेख्नुपरे पनि आफूहरु तयार रहेको उनको भनाई थियो ।

उनले थपे, ‘गृहमन्त्रीले हाम्रो पार्टी उपसभापति र महामन्त्रीमाथि जुन किसिमको लाञ्छना लगाउनुभयो, म चुनौती दिन चाहन्छु, गृहमन्त्री र सरकारलाई कस्तो टीओआर बनाउनुपर्ने हो बनाउनुस् । नाम किटेरै टिओआर लेख्नुपर्ने हो कि काँग्रेसकै नाम लेख्नुपर्ने परेपनि लेख्नुस् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार