logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

सिचुआनका गभर्नर हुआङ छिआङ नेपाल आउँदै


  • राजनीति
  • मंगलबार, जेष्ठ २९ २०८१

चीनको सिचुआन प्रान्तका गभर्नर हुआङ छिआङ नेपाल आउन लागेका छन् । उनी असार ५ गते काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

भ्रमणको क्रममा गभर्नर हुआङले नेपाल सरकार तथा नेपाल प्रहरीका उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने बताइएको छ ।

गभर्नर हुआङ पेशाले एरोस्पेस इञ्जिनियर हुन् । सिचुआनको गभर्नर बन्नुअघि सन् २०१८ देखि २०२० सम्म कान्सु प्रान्तमा उपगभर्नरको जिम्मेवारी वहन गरेका थिए ।

त्यसअघि चीनको राष्ट्रिय सुरक्षासम्बन्धी विज्ञान, प्रविधि तथा उद्योग प्रशासन कार्यालयका उपनिर्देशक,राष्ट्रिय सुरक्षाका लागि विज्ञान तथा प्रविधि र उद्योग आयोगका महासचिव थिए ।
औपचारिक अध्ययन पूरा गरेपछि हुआङ छिङले चीनको उड्डयन उद्योग कर्पोरेसनको पहिलो समूहका इञ्जिनियरको रुपमा काम गरेका थिए ।

उनले सन् २००३ देखि २००६ सम्म चीनले डिजाइन र अनुसन्धान गरेको पहिलो विमानसम्बन्धी प्रतिष्ठानका प्रमुखको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार