logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

चिनियाँ सर्वोच्च अदालतका न्यायाधीश मध्यराती नेपालमा


  • राजनीति
  • सोमबार, असार ४ २०८१

चीनको सर्वोच्च अदालतका न्यायाधीश लिउ कुइसियाङ नेपाल भ्रमणमा आउनुभएको छ । न्यायाधीश लिउ छ जनाको टोलीसहित गएराति पौने ११ बजे सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४२ मा आउनुभएको हो ।

न्यायाधीश टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ,सर्वोच्च अदालतका रजिष्ट्रार बिमल पौडेल लगायतले स्वागत गरेका थिए । टोलीका अन्य सदस्यमा लि चिङ,हु ताओकाई,कुओ चङहुआई, माओ लिहुआ र चाओ छियान् छन् ।

टोलीलाई बस्ने प्रबन्ध होटल मेरियटमा मिलाइएको छ । विमानस्थलमा स्वागत गर्न दूतावासका पोलिटिकल एण्ड प्रेस सेक्सन प्रमुख यु फङ्ग्छन,सेकेण्ड सेक्रेटरी गोङ सु र एक जना अट्याची पनि पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार