logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

आईजीपी परिवर्तन गर्ने कुरा हल्ला मात्रै : प्रधानमन्त्री


  • राजनीति
  • सोमबार, असार ४ २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रहरी संगठन प्रमुख (आईजीपी) परिवर्तन नहुने दाबी गरेका छन्। सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले आईजीपी परिवर्तनबारे आएका समाचारहरू र्‍युमर मात्रै रहेको बताए।

‘अस्तिको दिनमात्रै तीनवटा आईजीपीलाई बोलाएर भनेको छु, अहिले केही परिवर्तन हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनेर भनिसकेको छु। त्यही स्पिडमा उहाँहरूले काम गर्नुभएको छ। उनले अहिले चलिरहेको हल्लालाई र्‍युमर मात्रै रहेको बताए। ‘अहिले आईजीपी परिवर्तन हुँदैन, यो र्‍युमर मात्रै हो,’ उनले भने।

साथै, उनले अहिलेको सत्ता समीकरणमा कुनै परिवर्तन नहुने पनि बताए।

तपाईंले उथलपुगल गर्ने बेला त भएको छैन नि? भन्ने सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘भा छैन। यो जान्छ, राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने र्‍युमरहरूमा कुनै सत्यता छैन।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार