logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

रास्वपा महामन्त्रीको प्रतिवेदन–पार्टी दुर्घटनाउन्मुख


  • राजनीति
  • बुधबार, असार १३ २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टी दुर्घटनामा पर्न लागेको निष्कर्ष लिकालेका छन्। पार्टीको मत बुझ्न देश देश दौडाहामा निस्केका उनले ३२ जिल्ला घुमेपछि तयार पारिएको प्रतिवेदनमा पार्टी अहिलेकै तरिकाले चल्दै गएमा दुर्घटनामा पर्ने निश्चित रहेको उल्लेख गरेका हुन्।

‘मैले पार्टी दुर्घटनामा जाँदै छ भन्ने स्पष्ट देखेँ,’ प्रतिवेदनबारे कुराकानी गर्दै ढकालले भने, ‘अहिलेको अवस्थामा यही तरिकाले दुर्घटना हुन्छ ।’ उनले पार्टी सभापति रवि लामिछानेलाई आजै उक्त प्रतिवेदन बुझाउँदै छन्। गृहमन्त्रालयमा पुगेर साँझ ६ बजे पार्टी सभापतिलाई प्रतिवेदन बुझाउन लागेको उनले बताए। ३२ जिल्ला घुमेर ३२ दिन लगाएर ३२ पृष्ठको प्रतिवेदन लेखेको ढकालले सुनाए।

३२ जिल्ला घुम्दा वर्तमान अवस्थामा पार्टीको जनतम नदेखिएको भन्दै उनले यही अवस्थामा अहिले चुनाव हुने हो भने प्रत्यक्षमा एक–दुई सिटभन्दा धेरै जित्ने अवस्था नदेखिएको बताएका छन्। भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुने उनको भनाइ छ। प्रतिवेदनमा ढकालले महाभारतको उदाहरण दिंदै आफूले देखेको वास्तविक कुरा बताउँदा आफ्नो पद नै गएपनि पार्टीको लागि त्यो वास्तविकता बताउनुपर्ने आवश्यकता ठानेर प्रतिवेदन तयार गरेको उल्लेख गरेका छन्।

आफूलाई आफ्नो पार्टीको माया र चिन्ता रहेको भन्दै उनले आगामी राजनीतिक जीवनको लागि घातक नै भएपनि वास्तविक कुरा बाहिर ल्याएको बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार