राजनीति
मोहन बैध किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल फुटेको छ । १५ महिना अगाडी धर्मेन्द्र बास्तोलाको संयोजनमा रहेको नेकपा (बहुमत) र गत बैशाख १८ मा सन्त बहादुर नेपालीले संयोजन गरेको बिद्रोही नेकपा मसालसग एकतागरेको पार्टी फुटको सन्निकट पुगेको छ । आगामी कार्तिकमा महाधिवेशनको तयारीमा गरीरहेको उक्त पार्टीबाट एक समुह निस्किने लगभग पक्का भैसकेको छ ।
एकता घोषणा बैठक पछि राजधानीमा बसेको पछिल्लो बैठकमा लिखत र मौखिक समेत गरी आधा दर्जन भन्दा बढी दस्ताबेज र असहमति नोट राखेका भए पनि मुख्य गरि मोहन बैध किरणको दस्ताबेज पास गरेको थियो । उक्त बैठकमा बास्तोलाले पनि दस्तावेज प्रस्तुत गरेका थिए ।
बास्तोला समूहले उक्त पार्टीले जारी गरेको बिज्ञप्तीमा असहमति जनाउदै बैधलाइ असहमति पत्र समेत बुझाएको थियो । त्यसलगतै कार्यकारी कार्यलयको बैठकमा बास्तोला माथी झन हप्कीदप्कीको शैली भएको भन्दै बास्तोला समूह निकै आक्रोशित बनेको स्रोतको दाबी छ । यसैबिचमा बास्तोला निकट एक केन्द्रिय नेताले अब एकै ठाउँमा बस्ने वातावरण नभएकोले छिट्टै बिद्रोह घोषणा गर्ने संकेत गरेकाछन ।
यो भन्दा अगाडी गत बैशाख १७ गते जनयुद्धलाई स्वीकार नगर्ने समुह र घाइतेयोद्धाको अपमान हुनेगरी नेकपा मसालसग एकता गर्न खोजेको भन्दै पुर्ण बहादुर सिंह समरजंगको नेतृत्वमा बिद्रोह भएको थियो । विद्रोह गरेका नेताहरुले बिशेष भेला गरी श्रमिक कम्युनिस्ट पार्टी गठन गरिसकेकाछन ।
उक्त बिद्रोह क्रान्तिकारी माओवादी र सन्तबहादुर नेपाली समुह नेकपा मसालसग एकता घोषणा हुनुपुर्व नै भएको थियो ।