राजनीति
स्वास्थ्यमा समस्यादेखिएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा स्वास्थ्यलाभ गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सार्वजनिक कार्यक्रममा देखिएका छन्।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का पुत्र स्व प्रकाश दाहालको पहिलो स्मृति दिवस कार्यक्रममा ओली उपस्थित भएका हुन्। स्मृतिसभामा सहभागी हुन प्रधानमन्त्री बालुवाटारबाट खुमल्टार पुगेका हुन्।
साेमबर प्रकाश दाहालकाे स्मृतिसभामा उपस्थित भएका प्रधानमन्त्रीले छाेटाे भाषण पनि गरे। करिब १० मिनेट भाषण गरेका उनले दिंवगत भइसकेका प्रकाश दाहाल अब फर्किएर नअाउने भन्दै दाहाल परिवारलार्इ सम्झाए। ‘अब धैर्यधारण गर्नुपर्छ’, उनले भने। प्रधानमन्त्री अाेलीले प्रकाश दाहालको स्मृतिग्रन्थ समेत पनि सार्वजनिक गरे।
गत साल ३ मंसिरमा निधन भएका प्रकाशको पहिलो बार्षिकीका अवसरमा प्रचण्ड परिवारले आयोजना गरेको प्रथम बार्षिक स्मृति दिवस खुमलटारस्थित प्रचण्ड निवासमा जारी छ। गत साल ओली र प्रचण्ड चुनाव प्रचारको सिलसिलामा ओलीको गृहजिल्ला झापामा रहेका बेला प्रचण्डपुत्र प्रकाशको निधन भएको थियो।