logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

रबीका कार्यकर्ता र प्रहरीबिच घम्साघम्सी


  • राजनीति
  • आइतबार, कार्तिक ४ २०८१

सहकारी ठगी प्रकरणमा समातिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकहरु निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सम्भावित सुरक्षा खतराका कारण पोखराका दुई स्थानमा निषेधाज्ञा जारी गरेको छ । तर, रविको बचाउमा उत्रेका रास्वपाका कार्यकर्ता निषेधित क्षेत्रमा छिरेपछि प्रहरीले रोक्न खोज्दा घम्साघम्सी भएको हो ।

रास्वपाका कार्यकर्ताले अहिले निषेधित क्षेत्र शहीद चोकमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले भीडलाई अघि बढ्न दिएको छैन भने प्रदर्शनकारीले चर्का नाराबाजी गरिरहेका छन् ।

यता रविलाई कारवाहीको मागसहित सहकारी पीडितले पनि आजै प्रदर्शनको तयारी गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार