logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राजधानीमा जनप्रदर्शनको तयारीमा माओवादी


  • राजनीति
  • मंगलबार, कार्तिक ६ २०८१

नेकपा माओवादी केन्द्रले आगामी शनिबार काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कामको विरोध र ध्यानाकर्षणका लागि सभा गर्न लागिएको बताइएको छ ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकमा उक्त जानकारी गराइएको हो । आज बिहान आयोजित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको बताउनुभयो ।

हालैको विपद्मा देखिएको सरकारको असंवेदनशीलता र गैरजिम्मेवारीपनलाई उजागर गर्न खबरदारी सभा गर्न आवश्यक रहेको बताइएको छ । त्यस्तै पूर्ववर्ती माओवादी नेतृत्वको सरकारले शुरु गरेको सुशासन अभियानलाई कमजोर बनाइएको उसको ठहर छ ।

कात्तिक १० गते शनिबार काठमाडौंको सुन्धारामा भेला हुने र नगर परिक्रमापछि प्रदर्शनीमार्गमा सभा गर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार