logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

देवा विरुद्ध बिद्रोहको तयारीमा नेविसंघ


  • राजनीति
  • सोमबार, मंसिर ३ २०७५

नेपाली कांग्रेसको भातृ संगठन नेबिसंघका पदाधिकारीहरु अन्ततः सामुहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।

कांग्रेसले नेबिसंघको महाधिवेशन गर्न भन्दै अध्यक्ष नैनसिंह महरलाई जिम्मेवारी सुम्पदै दुई महिनाको म्याद थपेपछि रुष्ट बनेका पदाधिकारीहरु राजीनामा दिने मनस्थितिमा पुगेका हुन् ।

काँग्रेस केन्द्रिय समिति बैठकले आइतबार राति बहुमतका आधारमा नेविसंघको वर्तमान कार्यसमितिको म्याद दोश्रो पटक थप गरेको हो । गत २ भदौसम्म वर्तमान निर्वाचित कार्यसमितिको म्याद भए पनि विधान अनुसार तीन महिना थप गरेर २ मंसिरसम्म पुर्याइएको थियो । त्यसपछि फेरि दुई महिना थपेर माघ २ गतेसम्म पुर्याइएको छ ।

कांग्रेस नेताहरुको विवादपछि चरम संकटमा फसेको नेबिसंघको म्याद ६ महिना थप्ने, विघटन गर्ने या तदर्थ समिति गठन गरेर जाने भन्ने विषयमा विवाद बढेपछि सभापति शेरबहादुर देउवाले बहुमतको प्रयोग गर्दै दुई महिना समय थप गरेका हुन् ।

यससंगै बढेको अन्याैलतामा नेबिसंघका अध्यक्ष महर र महासचिव कुनदनराज काफ्लेले पदाधिकारीसंग छलफल गरिरहेको स्रोतले जनाएको छ ।

महासचिव काफ्लेका अनुसार अधिकांश नेताहरुले सामुहिक राजीनामा गरेर पार्टीलाई बुझाउने सल्लाह दिएपनि आपसी समझदारीमा यस्तो निर्णय लिइने जानकारी दिएका छन् ।

दुई महिना थप भएसँगै अब वर्तमान नैनसिंह महर अध्यक्ष रहेको समितिको म्याद अब २ माघसम्म रहने छ। बैठकले यसअघि निर्णय भएको ३२ वर्षे उमेरहदलाई समेत लागू गर्ने निर्णय गरेको छ।

अध्यक्ष महर र महामन्त्री कुन्दनराज काफ्लेले दुई महिनाभित्र निर्वाचन गर्न सक्ने सम्भावना नरहने भन्दै दुई महिनामात्र समय थप गरिए राजिनामा दिन तयार रहेको भन्दै नेतृत्वलाई दबाब दिंदै आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार