logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका जर्नेल टोली काठमाडौंमा


  • राजनीति
  • शुक्रबार, कार्तिक २३ २०८१

अमेरिकाको सैन्य रणनीतिअन्तर्गत इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम. रुड नेतृत्वको चार सदस्यीय टोली नेपाल आइपुगेको छ ।

बंगलादेशको राजधानी ढाका हुँदै अमेरिकी टोली चार दिने भ्रमणका लागि आज मध्यान्ह काठमाडौँ ओर्लिएको हो । मिल एयरको कल साइन निन्जा ९८ को सैन्य विमान सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ ।

टोलीले आगामी मंगलबारसम्म नेपालको भ्रमण गर्ने भनिएपनि भेटघाटको विस्तृत विवरण र औपचारिक जानकारी गराइएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार