logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राष्ट्रपति पौडेलले गरे संसद अधिवेशन आह्वान


  • राजनीति
  • बुधबार, बैशाख ३ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार हिजो बसेको मन्त्रीपरिषद्को बैठकको सिफारिस अनुसार बैशाख १२ गते दिनको शुक्रबार १ः०० बजेदेखि बस्ने गरी संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरिएको हो ।

“रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२÷१र२ को सिफारिसमा संवत् २०८२ साल वैशाख १२ गते शुक्रबारका दिन १३ः०० बजे अन्तर्राष्‍ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,” राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार