राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् ।
स्रोतका अनुसार सहमहामन्त्री श्रेष्ठले पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ पर्नु अघि नै उनले राजीनामा बुझाएकी हुन् । यद्यपी उनको राजीनामा भने स्वीकृत भैसकेको छैन् ।
एक व्यक्ति एक पदको मान्यतालाई लागु गराउन सुमनाले यसअघि रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा पुनः बहाली भएकै दिन सहमहामन्त्रीको राजीनामा दिने भनेर जानकारी गराएको रास्वपा स्रोतको भनाई रहेको छ ।
पार्टीको जिम्मेवारीमा भन्दा अहिले आफ्नो आवश्यकता विधायकी भूमिकामा छ भन्दै श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएको बुझिएको छ ।
श्रेष्ठले केही समयअघि नै पार्टीभित्र राजीनामाको घोषणा गरिसकेको भए पनि बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा राजीनामा पत्र पेस गर्ने तयारी गरेको बताइएको छ ।
२०८० मंसिरमा जलेश्वरमा बसेको रास्वपाको बैठकले श्रेष्ठलाई सहमहामन्त्री बनाउने निर्णय गरेको थियो।