राजनीति
काठमाडौं । निजामती कर्मचारीका संयुक्त ट्रेड युनियन सञ्चालनले कर्मचारी ट्रेड युनियन राख्नु पर्ने लगायतका मागसहित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा ज्ञापनपत्र बुझाएका छन् ।
शुक्रबार संयुक्त ट्रेड युनियन सञ्चालनका प्रतिनिधिसहितका कर्मचारीहरुले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडलाई भेटेर कर्मचारी अनुकूल कानुन बनाउनु पर्ने लगायतका ११ बुँदे ज्ञापन पत्र बुँझाएका हुन् ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठनले संयुक्त रुपमा समिति कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै समितिका सभापति खतिवडाले निजामती कर्मचारीका अधिकांश मागहरु सम्बोधन भैसकेको र बाँकी केही मागहरु पनि सम्बोधन हुने बताए । उनले भने, “अधिकांश मागहरु पूरा भैसकेका छन् । केही मागहरु पूरा भएका रहेनछन् भने हामी हेर्छौं ।”