राजनीति
बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ ।
मायादेवी गाउँपालिका– १ पकडीस्थित उनको निवासमा शौचालय जाने क्रममा गए राती ११ः३० बजे अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणी अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार अध्यक्ष चौधरीलाई लक्षित गरी प्रहार भएको गोली भित्तामा लागेको हो ।
राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको घटना भएको जानकारी दिएको स्पष्ट पार्दै घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको नायब उपरीक्षक अधिकारीले बताए ।